एजेन्सी । शरीरमा हर्मोनहरू असन्तुलित भए भने स्वास्थ्यसम्बन्धी विभिन्न समस्या हुन थाल्छन् । हर्मोन सन्तुलित कसरी गर्न सकिन्छ त ? जानौं ।
विशेषज्ञका अनुसार हर्मोन सन्तुलित गर्न तपाईंले आफ्नो डाइटमा केही स्वस्थ र पोषक तत्वले भरपूर खानेकुरा सामेल गराउन सक्नुहुन्छ ।
शरीरमा थाइराइडले राम्रो काम गर्न भिजेको ब्राजील नटको सेवन गर्न सक्नुहुन्छ । यसबाहेक यसले लेप्टिन सेन्सिटिविटीलाई राम्रो गराउन पनि सहयोग गर्छ ।
आफ्नो खानपानमा फाइबरले भरपूर तुलसीका बीज र गुद जस्ता खानेकुरा सामेल गर्नुहोस् । यसको सेवनले लेप्टिन सेन्सिटिविटीमा सुधार ल्याउन सहयोग गर्छ ।
क्यामोमाइल टी पनि स्वास्थ्यका लागि एकदमै धेरै फाइदाजनक हुन्छ । यसको सेवनले गर्दा मेलाटोनिनको स्तर सन्तुलित गर्न सहयोग हुन्छ ।
त्यस्तै, शरीरमा एस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनलाई सन्तुलित गर्न स्पियरमिन्ट टी र चेस्टबेरी टीको सेवन गर्न सक्नुहुन्छ ।
आफ्नो दिनको सुरुवात अमला र एलोवेराको जुसबाट गर्नुहोस् । यसको सेवनले इन्सुलिन सेन्सिटीविटीमा सुधार ल्याउन सहयोग गर्छ । यसका अन्य स्वास्थ्य लाभ पनि छन् ।
आलसको बीजमा एकदमै धेरै पोषक तत्व पाइन्छन् जो स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । हर्मोन सन्तुलित बनाउन आलसको बीज सेवन गर्न सक्नुहुन्छ । यसबाहेक हर्मोन सन्तुलित गर्न सूर्यमुखीको बीज पनि फाइदाजनक हुन्छ ।
Facebook Comment
Comment