न्यूरोडमा बालेनले ठीक गरेका थिए, उनलाई काम गर्न दिइनुपर्छ : विश्वप्रकाश शर्मा

‘हामी जोसँग पनि, जहाँ पनि जोरी खोज्नका लागि मैदानमा उत्रिनुहुँदैन । कसैलाई निष्ठुरी साइँला भनेको छ, कसैलाई बैगुनी कान्छा भनेको छ । यो ढंगको अभिव्यक्ति सम्माननीय पूर्वप्रधानमन्त्रीहरूलाई सुहाउँदैन’, शर्माले भने ।

नेपालभ्युज

न्यूरोडमा बालेनले ठीक गरेका थिए, उनलाई काम गर्न दिइनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले न्यूरोडमा सडकपेटी बढाउने प्रयासको समर्थन गरेका छन् ।

केही दिनअघि काठमाडौं महानगरपालिकाले सडकपेटी बढाउने प्रयास गरेको थियो । त्यसका लागि काटिएको सडकमा सडक विभागले पिच गरिदिएको थियो ।

यस विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र एमालेपंक्तिबीच असझदारी उत्पन्न भइरहेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा शर्माले बालेनको समर्थन गरेका हुन् ।

‘संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडक पेट बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठीक गरेका थिए, उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि हस्तक्षेप गर्ने कुराबाट फिर्ता हुनुपर्छ’, उनले भने ।

महामन्त्री शर्माले केपी ओलीलाई लक्षित गर्दै प्रधानमन्त्रीको उचाइमा पुगेका नेताहरूले एक अलग सम्मानको उचाइमा रहनुपर्ने सुझाव दिए ।

‘हामी जोसँग पनि, जहाँ पनि जोरी खोज्नका लागि मैदानमा उत्रिनुहुँदैन । कसैलाई निष्ठुरी साइँला भनेको छ, कसैलाई बैगुनी कान्छा भनेको छ । यो ढंगको अभिव्यक्ति सम्माननीय पूर्वप्रधानमन्त्रीहरूलाई सुहाउँदैन’, शर्माले भने ।

शर्माले काठमाडौंका मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भने हुन्छ भन्ने सुझाव ओलीलाई दिए ।

‘त्यही तहमा भएका पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि ! तिनले त्यहीँ भने भइहाल्यो नि- मेयर साप संयमले बोल्नुस्, जेल बसेका नेताहरूको सम्मान राखेर बोल्नुस् । या तपाईंको शैली बदल्नुस्’, शर्माले ओलीलाई भने, ‘तर आफैं सुरिनुभयो बोल्न ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved