राजीनामा दिने ‘मूड’मा मधेसका मुख्यमन्त्री

नेपालभ्युज

राजीनामा दिने ‘मूड’मा मधेसका मुख्यमन्त्री

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव राजीनामा दिने ‘मूड’ मा पुगेका छन् ।

मुख्यमन्त्री यादवले स्वास्थ्य समस्या देखाउँदै सभामुख रामचन्द्र मण्डलसँग जेठ २८ गतेसम्मका लागि प्रदेशसभा बैठक सार्न प्रस्ताव गरेका थिए । तर, सभामुख मण्डलले मुख्यमन्त्री यादवको प्रस्ताव अस्वीकार गरेर आजै विश्वासको मत लिनुपर्ने भन्दै बैठक आह्वान गरेका छन् ।

यसपछि मुख्यमन्त्री यादव राजीनामा दिने मूडमा पुगेका हुन् । जनता समाजवादी पार्टी, नेपालका एक प्रदेशसभा सदस्यले नेपालभ्यूजसँग भने, “मुख्यमन्त्रीजीले सम्भवत: विश्वासको मत नलिइकन मार्गप्रशस्त गर्नुहुन्छ, त्यसबारे सल्लाह गर्दैछौँ ।”

जनता समाजवादी पार्टी, नेपालको तर्फबाट मुख्यमन्त्री बनेका यादवलाई प्रदेश सभामा रहेको नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक सबै दलले समर्थन नगर्ने भएका छन् ।

यसपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिए पनि बहुमत जुट्दैन । यी चारैवटा दलको सांसद सङ्ख्या ५० पुग्छ, जबकि यादव नेतृत्वको सरकार कायम रहनका लागि कम्तिमा ५४ सांसदको समर्थन चाहिन्छ । संसदीय गणितको यो अवस्था देखेपछि मुख्यमन्त्री यादव राजीनामाको मूडमा पुगेका हुन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने समयसीमा ‘आज रातिसम्म मात्रै’, भोलि नयाँ प्रक्रिया अगाडि बढ्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved