मुख्यमन्त्री यादवले विश्वासको मत लिने समयसीमा ‘आज रातिसम्म मात्रै’, भोलि नयाँ प्रक्रिया अगाडि बढ्ने

‘आज रातिसम्म विश्वासको मत लिने समय मुख्यमन्त्रीसँग छ’, प्रदेश प्रमुखका सुमित्रा भण्डारीका सचिवालय सदस्य टीकाराम उप्रेतीले नेपाल भ्युजसँग भने, ‘विश्वासको मत लिनुभएन वा पाउनुभएन भने नयाँ प्रक्रिया अगाडि बढ्छ ।’

नेपालभ्युज

मुख्यमन्त्री यादवले विश्वासको मत लिने समयसीमा ‘आज रातिसम्म मात्रै’, भोलि नयाँ प्रक्रिया अगाडि बढ्ने

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनुपर्ने समयावधि आज रातिसम्म रहेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

मुख्यमन्त्री यादवले प्रतिनिधित्व गर्ने जसपा नेपाल गत वैशाख २२ मा विभाजन भएको थियो । संविधानमा मुख्यमन्त्रीको दल विभाजन भएमा तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधान आकर्षित भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको हो ।

‘आज रातिसम्म विश्वासको मत लिने समय मुख्यमन्त्रीसँग छ’, प्रदेश प्रमुखका सुमित्रा भण्डारीका सचिवालय सदस्य टीकाराम उप्रेतीले नेपाल भ्युजसँग भने, ‘विश्वासको मत लिनुभएन वा पाउनुभएन भने नयाँ प्रक्रिया अगाडि बढ्छ ।’

मुख्यमन्त्रीले आज विश्वासको मत नलिएमा भोलि नयाँ मुख्यमन्त्रीका लागि आह्वान हुने सम्भावना रहेको उनले बताए ।

मुख्यमन्त्री यादवले यसअघि आजै विश्वासको मत लिने तयारी गरेका थिए । तर मत पाउने आधार नदेखिएपछि उनले जेठ २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन अनुरोध गर्दै प्रदेश सभा सचिवालयलाई पत्र लेखेका छन् ।

तर मुख्यमन्त्रीको पत्रलाई बेवास्ता गर्दै सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा बैठक सुरु गरेका थिए । यद्यपि, बैठकमा सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू सहभागी नभएपछि १० मिनेटका लागि स्थगित गरिएको थियो । पुनः बैठक बस्न सकेको छैन ।

एमाले र माओवादी केन्द्रले वैशाख ३० गते सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । एकीकृत समाजवादीले पनि मंगलबार सरकार छाड्दै समर्थन फिर्ता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved