काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतीक्षारत मिड–इयर सेल ६.६ को घोषणा गरेको छ ।
योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७०५ सम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, २ करोड बराबरको मेगा भौचर लगायत अफरहरू प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रूपमा, विभिन्न विक्रेता मार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम ४९९ रुपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन् ।
कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।
उपभोक्ताहरूको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सस्तो पर्ने जनाइएको छ ।
६.६ मिड–इयर सेलको अवधि भर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्लेटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।
Facebook Comment
Comment