प्रधानमन्त्री कप भलिबल महिलातर्फ आर्मीले डायमण्डलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल महिलातर्फ आर्मीले डायमण्डलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले न्यु डायमण्डलाई हराएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले न्यु डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको हो। प्रतियोगितामा आर्मीको यो दोस्रो जित हो।

न्यु डायमण्डले आर्मीलाई पहिलो सेटमा २७–२५ र दोस्रो सेटमा २५–२० ले हरायो। तर,आर्मीले न्यु डायमण्डलाई तेस्रो सेटमा २५–१७, दोस्रो सेटमा २५–२३ र तेस्रो सेटमा १५–१२ ले पराजित गर्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved