टी-२० विश्वकप क्रिकेट

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको सामान्य लक्ष्य

नेपालभ्युज

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको सामान्य लक्ष्य
Photo Courtesy: CAN/Facebook

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ।

अमेरिकाको डालसमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपाल १०६ रन बनाएर ४ बल अगाडि नै अलआउट भएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । करण केसी १७, गुल्सन झा १४ र अनिल साह ११ रनमा आउट भए।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । कशल भूर्तेल ७ रनमा आउट भए। सोमपाल कामी भने शून्य रनमा आउट भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved