संसद्‌को रोस्ट्रममा पहिलोपटक सुहाङ- नेम्वाङलाई श्रद्धाञ्जली, ओलीलाई धन्यवाद

नेपालभ्युज

संसद्‌को रोस्ट्रममा पहिलोपटक सुहाङ- नेम्वाङलाई श्रद्धाञ्जली, ओलीलाई धन्यवाद

काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवा सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् । मङ्गलबार पहिलोपटक प्रतिनिधि सभाको रोस्ट्रममा उभिन पुगेका सुहाङले पूर्वसंविधानसभा अध्यक्षसमेत रहेका बुवा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

नेम्वाङ लोकतन्त्रका अटल हिमायती भएको भन्दै उनले भने, “उहाँले विचारका विविधता र स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास राख्नुहुन्थ्यो । म पनि उहाँले दिनुभएको यही ज्ञानलाई लिएर अगाडि बढ्न चाहन्छु ।”

यस्तै उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । “मेरो हात समाएर अब युवा पुस्ता तयार हनुपर्छ भनेर इलामेली जनताको बीचमा पुर्‍याउनुहुने पार्टी अध्यक्षज्यूलाई धन्यवाद भन्न चाहन्छु,” उनले भने ।

सुहाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सांसद हुन् । बुवा नेम्वाङको निधनपछि पार्टीले सुहाङलाई अगाडि बढाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved