भारतको आगामी प्रधानमन्त्री को ? मोदीलाई हटाउन विपक्षीको कसरत तीव्र

भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत नपाउने लगभग निश्चित देखिएकाले प्रधानमन्त्री मोदीका लागि अड्चन खडा भएको छ । एनडीए गठबन्धनमै रहेका कतिपय दललाई आफूतिर तानेर इन्डिया गठबन्धनले सरकार बनाउन सक्ने चर्चासमेत चल्न थालेको छ ।

नेपालभ्युज

भारतको आगामी प्रधानमन्त्री को ? मोदीलाई हटाउन विपक्षीको कसरत तीव्र

काठमाडौं । भारतमा लोकसभा चुनावको मतगणना चलिरहँदा नयाँ प्रधानमन्त्रीबारे चर्चा सुरु भएको छ । सत्तारुढ एनडीए र विपक्षी इन्डिया गठबन्धनले नयाँ सरकार बनाउने कसरत सुरु गरेका छन् ।

तर, भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत नपाउने लगभग निश्चित देखिएकाले प्रधानमन्त्री मोदीका लागि अड्चन खडा भएको छ । एनडीए गठबन्धनमै रहेका कतिपय दललाई आफूतिर तानेर इन्डिया गठबन्धनले सरकार बनाउन सक्ने चर्चासमेत चल्न थालेको छ ।

हालसम्मको मतगणनाअनुसार भाजपा नेतृत्वको एनडीए गठबन्धनले ५४३ मध्ये २७२ को आकडा पार गर्ने देखिएको छ । विपक्षी गठबन्धनले २५० हाराहारीमा सिट जित्ने अनुमान गरिएको छ ।

यस्तो अवस्थामा नयाँ प्रधानमन्त्री जो पनि हुनसक्ने विश्लेषणसमेत हुन थालेको छ । विपक्षीले एनडीए गठबन्धनमा रहेका केही दललाई आफूतिर तान्ने प्रयास अघि बढाएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।

मुख्यत: नीतीशकुमार नेतृत्वको जनता दल यूनाईटेड (जेडीयू) र आन्ध्र प्रदेशको तेलगु देशम पार्टी (टीडीपी)लाई आफूतिर तान्ने प्रयासमा इन्डिया गठबन्धन लागेको छ । जेडीयू अहिलेसम्म १२ सिटमा र टीडीपी १६ सिटमा अगाडि छ ।

यी दुई दलको मिलाउँदा हुने झण्डै २८ सिट तान्न सके मोदीलाई सरकारबाट हटाउन सकिने विपक्षीको आकलन छ । पल्टु चाचाको नामले चिनिने नीतीशकुमार इन्डिया गठबन्धनमा जानसक्ने सम्भावनालाई धेरैले नकारेका छैनन् ।

टीडीपीको एनडीए गठबन्धनमा खटपट रहने गरेकाले पनि विपक्षी गठबन्धन उत्साहित देखिन्छ । यद्यपि यी दुई नेता एनडीएमै रहेमा आगामी प्रधानमन्त्री नरेन्द्र मोदी नै हुने निश्चित छ ।

यता विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन सकेमा कांग्रेस आइका नेता राहुल गान्धी प्रधानमन्त्रीको मुख्य दाबेदार हुनेछन् । तर, एनडीए गठबन्धन तोड्नका लागि इन्डिया गठबन्धनले अन्य नेतालाई समेत प्रधानमन्त्रीमा प्रस्ताव गर्न सक्ने विश्लेषकको अनुमान छ ।

मतगणनाको पछिल्लो अवस्थाअनुसार उत्तर प्रदेश, पश्चिम बंगाल, राजस्थान, हरियाणा, कर्नाटकलगायतका राज्यमा सत्ताको नेतृत्व गरिरहेको भाजपालाई ठूलो धक्का लागेको छ ।

यद्यपि उडिसा र दक्षिणका केही राज्यमा भाजपाले पहिलेको भन्दा राम्रो नतिजा ल्याएकाले सरकार बचाउन सक्ने सम्भावना देखिएको छ ।

यो पनि पढ्नुहोस :

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट

भारतीय निर्वाचनमा कस्तो छ नोटाको प्रभाव ?

दिल्लीका सबै सिटमा भाजपा अगाडि, आप मुख्यालयमा सन्नाटा

लोकसभा चुनाव : ४ सिटको नतिजा सार्वजनिक


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved