दिल्लीका सबै सिटमा भाजपा अगाडि, आप मुख्यालयमा सन्नाटा

नेपालभ्युज

दिल्लीका सबै सिटमा भाजपा अगाडि, आप मुख्यालयमा सन्नाटा

काठमाडौं । भारतको लोकसभा चुनावको मतगणना जारी छ ।

मतपरिणााम सार्वजनिक भइरहँदा आम आदमी पार्टीको गढ मानिने दिल्लीका सबै सात लोकसभा सिटमा भारतीय जनता पार्टी भाजपाले अग्रता लिएको छ ।

बीबीसी हिन्दीका अनुसार अहिले आम आदमी पार्टीका केही नेताहरु पार्टी कार्यालयमा उपस्थित छन् तर, कोही पनि मिडियासँग कुरा गरिरहेका छैनन् ।

यद्यपि आपका केही कार्यकर्ताहरूले मतगणनाको प्रवृत्तिमा भारत गठबन्धनले अग्रता पाएकोमा खुशी व्यक्त गरेका छन् ।

आप गठबन्धनको हिस्सा भएकोले आफू खुसी भएको उनीहरुको भनाइ छ ।

दिल्लीको सात लोकसभा सिटमध्ये चार सिटमा आम आदमी पार्टी र तीन सिटमा भारतीय राष्ट्रिय कांग्रेसले सँगै चुनाव लडिरहेको छ ।

भारतीय निर्वाचनमा कस्तो छ ‘नोटा’को प्रभाव ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved