भारतको लोकसभा चुनाव

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट

एक्जिट पोलले खाए हावा

भाजपालाई सबैभन्दा ठूलो झट्का सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमै लागेको छ । उत्तरप्रदेशका ८० मध्ये आधाभन्दा धेरै सिटमा विपक्षी गठबन्धनका उम्मेदवार अघि छन् । भाजपाले धेरै आशा गरेको पश्चिम बंगालमा पनि धक्का खाएको छ । यसबाहेक महाराष्ट्र, राजस्थान, हरियाणा र बिहारमा पनि सत्तारुढ एनडीए गठबन्धनलाई ठूलो नोक्सानी हुने देखिएको छ ।

नेपालभ्युज

भाजपालाई ठूलो झट्का, सामान्य बहुमतबाट अझै टाढा, विपक्षीलाई अनुमानभन्दा धेरै सिट

काठमाडौं । भारतको लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो झट्का लाग्ने देखिएको छ । ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा भाजपा सामान्य बहुमतबाट पनि धेरै पछि छ ।

२०१९ को चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो । तर, यसपटक भने बहुमतका लागि २७२ सिटबाट समेत टाढा रहेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्मको गणनामा भाजपा २४३ सिटमा मात्रै अगाडि छ । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धन भने बहुमततर्फ अग्रसर छ । एनडीएका घटक दल २८५ सिटमा अघि छन् ।

अर्कातिर विपक्षी इन्डिया गठबन्धनले अपेक्षाभन्दा राम्रो नतिजा ल्याउने देखिएको छ । अहिलेसम्मको गणनाअनुसार इन्डिया गठबन्धन करिब साढे २ सय सिटमा अघि देखिन्छ ।

लोकसभा चुनावअघि गरिएका सबै ‘एक्जिट पोल’ले हावा खाएका छन् । एक्जिट पोलमा भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३५० भन्दा धेरै सिट जित्ने प्रक्षेपण गरिएको थियो । तर, मतगणना आधाभन्दा धेरै सकिँदा त्यस्तो सङ्केत देखिएको छैन ।

भाजपालाई सबैभन्दा ठूलो झट्का सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशमै लागेको छ । भाजपाका योगी आदित्यनाथ मुख्यमन्त्री रहेको उत्तरप्रदेशमा अखिलेश यादव नेतृत्वको समाजवादी सबैभन्दा ठूलो दलको रूपमा अगाडि आएको छ । उत्तरप्रदेशका ८० मध्ये आधाभन्दा धेरै सिटमा विपक्षी गठबन्धनका उम्मेदवार अघि छन् ।

भाजपाले धेरै आशा गरेको पश्चिम बङ्गालमा पनि ठूलो धक्का खाएको छ । पश्चिम बङ्गालका ४० मध्ये भाजपाले १८ सिट जितेको थियो । यसपटक १० भन्दा पनि कममा सीमित हुने देखिएको छ ।

यसबाहेक महाराष्ट्र, राजस्थान, हरियाणा र बिहारमा पनि सत्तारुढ एनडीए गठबन्धनलाई ठूलो नोक्सानी हुने देखिएको छ । अघिल्लो पटक यी राज्यमा एनडीएले लगभग ‘क्लिन स्वीप’ गरेको थियो ।

उडिसा र दक्षिणका केही राज्यमा भने भाजपाले पहिलेभन्दा केही प्रगति गरेको छ । मध्यप्रदेश, दिल्ली, उत्तराखण्ड, लगायतका राज्य भने भाजपा बचाउन सफल भएको देखिन्छ ।

यो पनि पढ्नुहोस :

राहुल २ लाख मतान्तरले अघि, मोदीको कति ?

लोकसभा चुनाव : कंगनाले ४ लाख ६० हजार बढी मत पाउँदा विक्रमादित्यले कति पाए ?

लोकसभा चुनाव : मनोज तिवारीसँग पछि परे कन्हैया कुमार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved