क्रिकेट जर्सीमा सजिएर संसद् पुगे रास्वपा सांसद (तस्वीरहरू)

क्रिकेट जर्सीमा सजिएर संसद् पुगे रास्वपा सांसद (तस्वीरहरू)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर प्रतिनिधि सभा बैठकमा सहभागी हुन पुगेका छन् ।

आईसीसी टी-२० विश्वकपमा आज नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । राष्ट्रिय टोलीलाई समर्थन गर्दै रास्वपा सांसदहरु जर्सी लगाएर बैठकमा पुगेका हुन् ।

सांसद निशा डाँगीले खेलकुदको विश्वमञ्चमा नेपालको सशक्त चिनारी दिने अवसर पाएको बताएकी छन् ।

उनले राष्ट्रिय टोलीलाई शुभकामनासमेत दिइन् । ‘नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमलाई यो उपलब्धिका लागि अत्यन्तै धेरै बधाई दिन चाहन्छु। तपाईँहरू निर्धक्क भएर खेल्नुहोस्, हामी सम्पूर्ण नेपाली नागरिक तपाईँहरूको साथमा छौँ। उत्कृष्ट प्रदर्शनको शुभकामना !’ उनले भनिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved