पहिलो जितपछि ‘मोमेन्टम’ आउँछ : कप्तान पौडेल

नेपालभ्युज

पहिलो जितपछि ‘मोमेन्टम’ आउँछ : कप्तान पौडेल
तस्वीर स्रोतः क्यान/फेसबुक

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सबै खेलाडीहरु टी–२० विश्वकप (ICC Men’s T20 World Cup) क्रिकेटमा प्रतिस्पर्धा गर्न उत्साहित भएको बताएका छन् ।

सोमबार भएको प्री–म्याच कन्फरेन्समा बोल्दै कप्तान पौडेलले टोली नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धा गर्न तयार भएको बताएका हुन् ।

‘१० वर्षपछि नेपालले विश्वकप खेल्दै छ । यो प्रतियोगिता एकदम्मै महत्वपूर्ण छ । बाल्यकालमा हामी सबैको लागि विश्वकप खेल्ने सपना थियो । त्यो पूरा हुँदैछ । उत्साहित छौँ, ’ कप्तान रोहितले भने ।

उनले पिचको अवस्थानले केहि खेलमा फरक पार्न सक्ने पनि बताए । रोहितले भने, ‘नेदरल्याण्ड्स सन्तुलित टोली हो । क्यानडासँगको खेल यहि पिचमा खेलेका थियौँ । टीयूको पिच भन्दा यहाँको पिच अलिकति बाउन्स छ । घाम र ओसले पनि फरक पार्न सक्छ ।’

तथापि, सबै योजनालाई पूर्ण रुपमा प्रयोग गर्न टोली तयार भएको कप्तान रोहितले बताए । उनले भने, ‘टी–२० हो, जसले राम्रो क्रिकेट खेल्छ, उसले जित्छ । सबै योजना परिचालन गर्ने सोचमा छौँ ।’

पहिलो खेलमा जितेर टोलीले आफ्नो मनोबल उच्च पार्न चाहेको पनि रोहितले बताए । ‘पहिलो खेल जितेपछि ‘मोमेन्टम’ आउँछ । त्यसैले पनि पहिलो खेल जित्न हाम्रो लागि महत्वपूर्ण छ ।’, रोहितले भने, ‘यहाँ आए देखि नेपाली समर्थकहरुले धेरै माया दिएका छन् । सबै समर्थकलाई जितेर गर्वान्धित बनाउने सोच छ ।’

उनले नेपाली टोलीमा क्षमता भएको र खेल जित्ने विश्वास रहेको बताए । ‘टी–२० फर्म्याट भएको उत्कृष्ट टोली भन्नेमा म विश्वास गर्छु । वर्तमानमा केन्द्रित रहेर सबै चुनौतीको सामना गर्न गर्दै सबै भने हामीले कुनै पनि राम्रो टोलीलाई पराजित गर्न सक्छौँ भन्ने विश्वास छ, ’ रोहितले भने ।

आजै राति नेदरल्याण्ड्स (Netherlands) विरुद्ध राति सवा ९ बजे नेपालले आफ्नो खेल खेल्दैँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved