नेपाल १० वर्षपछि आज विश्वकप खेल्दै, नेदरल्याण्ड्स पहिलो प्रतिस्पर्धी

नेपालभ्युज

नेपाल १० वर्षपछि आज विश्वकप खेल्दै, नेदरल्याण्ड्स पहिलो प्रतिस्पर्धी

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । अमेरिकाको डलासमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् ।

नेपाल १० वर्षपछि आज विश्वकपमा खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् ।

नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।

टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved