लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत

नेपालभ्युज

लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौं । लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताए ।

घोराही, लुम्बिनी, बुटवल र नेपालगञ्जमा सामुदायिक शिशु स्याहार केन्द्रको स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश प्रमुख शेरचनले यसले गर्दा बच्चा भएकै कारण रोजगार छोड्नुपर्ने आमाको बाध्यता हट्ने विश्वास लिइएको बताए । उनका अनुसार प्रदेश राजधानी देउखुरीमा पनि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

सन् २०३० सम्म प्रदेशलाई बालविवाहमुक्त बनाउने गरी १० वर्षे रणनीति बनाउने, सबै सामुदायिक विद्यालयमा किशोरी आत्मरक्षा तालिम प्रदान गरिने, प्रदेशस्तरीय बालसंरक्षण गृह निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved