ग्लोबल आइएमई बैंक सम्मानित

नेपालभ्युज

ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एन्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रूपमा सम्मान गरिएको हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरू सहितको सुरक्षित र भरपर्दो बैंकको रूपमा परिचित छ ।

ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरू प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved