प्रधानमन्त्री कप भलिबल महिलातर्फ एभरेस्टले आर्मीलाई हरायो

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल महिलातर्फ एभरेस्टले आर्मीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार भएको खेलमा एभरेस्टले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एभरेस्टले आर्मीलाई पहिलो सेटमा २५–१५, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१९ ले हरायो। यसअघि, एभरेस्टले कर्णालीलाई ३–० ले पराजित गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved