प्रधानमन्त्री कप भलिबल महिलातर्फ एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल महिलातर्फ एपीएफको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफले लगातार दोस्रो जित प्राप्त गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार भएको खेलमा कर्णाली खेलकुद विकास परिषद्लाई ३–० को सेटमा पराजित गरेको हो।

एपीएफले कर्णालीलाई पहिलो सेटमा २५–७, दोस्रो सेटमा २५–७ र तेस्रो सेटमा २५–९ ले पराजित गर्यो।

यसअघि, एपीएफले आफ्नो पहिलो खेलमा न्यू डायमन्डलाई ३–२ को सेटमा हराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved