कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, बहिस्कार गर्दै आएको कांग्रेस उपस्थित हुने

नेपालभ्युज

कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै, बहिस्कार गर्दै आएको कांग्रेस उपस्थित हुने

काठमाडौं । कोशी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख परशुराम खापुङले आज दिउँसो प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् ।

यसका लागि प्रदेश सभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ । यसअघि प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको नेपाली कांग्रेसले आजको बैठकमा भने सहभागिता जनाउने बताएको छ ।

कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेसले आजदेखि उपस्थित हुने जनाएको छ ।

संसद बैठक अगाडि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकले संसद बैठकमा सहभागी हुने निर्णय गर्ने कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved