२१ दिनपछि तिहाड जेलमा फर्किए केजरीवाल

नेपालभ्युज

२१ दिनपछि तिहाड जेलमा फर्किए केजरीवाल

काठमाडौं । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल २१ दिनपछि तिहाड जेलमा फर्किएका छन् । भारतीय सर्वोच्च अदालतले  लोकसभा निर्वाचनका लागि अन्तरिम जमानतमा छाड्न आदेश दिएपछि उनी

१० मेमा जेलमुक्त भएका थिए ।  जेल जानुअघि उनी महात्मा गान्धीको समाधिस्थल र हनुमान मन्दिर पुगेको एक भारतीय संचार माध्यमले जनाएको छ ।

समाचारका अनुसार उनले आफूलाई २१ दिनको लागि सर्वोच्च अदालतले बाहिर रहन दिएको अनुमतिको समय अविष्मरणीय रहेको बताएका छन् । उनले भने, ‘मैले देशका लागि अभियान चलाएँ । पहिला देश अगाडि आउँछ, अनिमात्रै आम आदमी पार्टी ।’

उनले एक्जीट पोलको चुनावी प्रक्षेपण   गलत भएको समेत बताएका छन् ।  उनी ३ महिना अघि  मदिरासम्बन्धी नीतिमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved