पृथ्वी राजमार्ग अवरुद्ध

नेपालभ्युज

पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिकै पहिरो खस्दा दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ ।

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तोबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शनिबार राति ७ बजे पहिरो खसेर अवरुद्ध भएको खण्ड राति १२ बजेदेखि सञ्चालनमा आएको थियो ।

फेरि आज बिहानै पुनः पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved