एक करोडभन्दा बढी नगद सहित एक युवा पक्राउ

नेपालभ्युज

एक करोडभन्दा बढी नगद सहित एक युवा पक्राउ
तस्बिर : सशस्त्र प्रहरी

काठमाडौं । सुनसरीबाट एक करोड बढी नगदसहित एक युवा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले एक करोड एक लाख रुपैयाँ नगदसहित सुनसरीको हरिनगर गाँउपालिका–५ का ३७ वर्षीय इसा अन्सारीलाई पक्राउ गरेको हो ।

उनी हुण्डी काराबारी रहेको प्रहरीको दाबी छ । घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कार चलाएर जाँदै गर्दा अन्सारीलाई ठूलो रकमसहित नियन्त्रणमा लिइएको ससस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट (९७ लाख) र ५०० दरका ८०० थान नोट (चार लाख) बरामद गरिएको हो ।

प्रारम्भिक सोधपुछमा उनले रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved