प्रधानमन्त्री कप भलिबल : एपीएफमाथि गण्डकीको जित

नेपालभ्युज

प्रधानमन्त्री कप भलिबल : एपीएफमाथि गण्डकीको जित

काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ गण्डकी प्रदेशले एपीएफ क्लबमाथि जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा शनिबार भएको खेलमा गण्डकीले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा गण्डकीले एर्पीफलाई २५–२२ ले हरायो । दोस्रो सेठमा एपीएफले गण्डकीलाई २५–१९ ले हरायो । यससँगै खेल १–१ को बराबरीमा पुगेको थियो ।

तेस्रो सेटमा गण्डकीले एपीएफलाई २५–२० ले हरायो । चौथो सेटमा एपीएफलाई २५–१९ ले हराउँदै गण्डकीले खेल जितेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved