कपडा धुँदा रंग जान्छ ? अपनाउनुहोस् यस्ता तरिका

नेपालभ्युज

कपडा धुँदा रंग जान्छ ? अपनाउनुहोस् यस्ता तरिका

एजेन्सी । कतिपय कपडाको गुणस्तर त राम्रो हुन्छ तर, धुनेबेला रंग जाने समस्या पनि हुन्छ । जसले गर्दा कपडाको रंग परिवर्तन हुने र पुरानो देखिन थाल्छ । यसको पछाडि तपाईंको गलत धुने तरिका पनि हुन सक्छ ।

धुने बेला केही उपाय अपनाउनु भयो भने रंग जानेछैन र कपडा सधैँ नयाँ हुनेछ ।

सधैँ गाढा रंगका कपडालाई एक साथ धुनुहोस् । गाढा रंगका कपडालाई हल्का रंगका कपडासँग मिसाउँदा एकअर्कामा रंग सर्ने सम्भावना अत्याधिक हुन्छ ।

धुने समयमा जहिले पनि कपडामा लगाईएको ट्याग पढ्नुहोस् । यसमा चिसो, तातो पानी प्रयोग गर्ने तथा मेसिनमा धुने वा हातले धुने सबै लेखिएको हुन्छ । यसरी कपडामा लेखिएअनुसार गर्दा कपडा बिग्रँदैन ।

वासिङ मेसिनमा धुँदा जहिले पनि सीमित मात्रामा कपडा राख्नुहोस् । भरिने गरी कपडा राख्नुभयो भने यसले मेसिनलाई लोड धेरै हुनुका साथै कपडा पनि सफा हुँदैन ।

कपडा सुकाउने बेला पनि अत्यधिक घाम वा छायाँ कस्तो छ ध्यान दिएर सुकाउने गर्नुहोस् । कतिपय कपडा चर्को घाममा सुकाउँदा रंग उड्ने पनि हुन्छन् । यस्तै कुरा ख्याल गरेर धुनुभयो भने कपडा सधैँ नयाँ र सही अवस्थामा रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved