ललितपुरको टेम्पो पार्कमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु

नेपालभ्युज

ललितपुरको टेम्पो पार्कमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुवै चालकको मृत्यु

काठमाडौं । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किएका थिए ।

घटनामा दुवै सवारी साधनका चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

स्कुटर चालक काठमाडौंको साखु घर भएका २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।

यता, मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी सुवेदीले बताए ।

दुर्घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved