काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

नेपालभ्युज

काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

काठमाडौ । अहिले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् । आउँदो १५ दिनपछि काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोगबापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved