पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

नेपालभ्युज

पयर्टन विकास आयोजनाका कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सव–इञ्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ ।

निर्माण सम्पन्न पश्चात् अन्तिम बील भुक्तानी गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरेको हो ।

आयोगको टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ अन्तर्गत विकास आयोजनाबाट रु १७ हजार घुससहित पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved