एजेन्सी । कुनै पनि मानिसको सुत्ने तरिकाले राम्रो र नराम्रो स्वास्थ्यका लागि पनि जिम्मेवार हुन सक्छ ।
यदि तपाईं गलत तरिकाले सुत्नुहुन्छ भने यसको असर स्वास्थ्यमा पर्छ । धेरैजसो मानिस सिधा अर्थात ढाडको बलमा सुत्न रुचाउँछन् तर, के ढाडको बलमा सुत्नु सही हो ? आउनुहोस् यसबारेमा जानौं ।
सिधा सुत्दा सबैभन्दा धेरै फाइदा ढाडको हड्डीमा हुने गर्छ । घाँटीदेखि लिएर कम्मरसम्मको हड्डीलाई आराम मिल्छ ।
दिनभरको थकानपछि यस पोजिशनमा सुत्दा शरीरको प्रेसर कम हुन्छ । यसले थकान कम हुन्छ र शरीर पनि रिल्याक्स हुन्छ ।
ढाडको बलमा सुत्दा टाउकोमा भइरहेको दुखाईमा पनि धेरै हदसम्म आराम मिल्छ । विशेषज्ञका अनुसार यो तरिकाले सुत्दा मानसिक तनाव कम हुन्छ र टाउको दुख्ने समस्या कम हुन्छ ।
जो व्यक्ति डाढको बलमा सुत्छन्, उनीहरुको शरीर र दिमाग दुवै आराम मुद्रामा हुन्छन् । यसले राम्रो निद्रा लाग्छ र मन पनि शान्त रहन्छ ।
ढाडको बलमा सुत्दा पेटसँग सम्बन्धित समस्यामा पनि आराम पाउन सकिन्छ । यसरी सुत्दा पाचन प्रणाली सही रहन्छ र भोजन सही तरिकाले पच्छ ।
ढाडको बलमा सुत्दा घाँटीका मांसपेशीमा धेरै दवाब पर्दैन । यसले घाँटीमा पर्ने प्रेसर कम हुन्छ जसले गर्दा दुखाईबाट पनि छुट्कारा पाइन्छ ।
कतिपय स्वास्थ्य अवस्थामा भने यसरी नसुत्न चिकित्सकले सुझाव दिएका हुन्छन् । त्यसबारे डाक्टरसँग सुझाव लिनु पर्छ ।
Facebook Comment
Comment