अटो र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु, अटोचालक गम्भीर घाइते

नेपालभ्युज

अटो र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु, अटोचालक गम्भीर घाइते

काठमाडौं । अटोरिक्सा र मोटरसाइकल ठोक्किदा दाङमा दुई जनाको मृत्यु भएको छ ।

दुई सवारी ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । अटोचालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक बबई गाउँपालिकाका ३० वर्षीय राजेश भण्डारी र पछाडि सवार ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो ।

तुलसीपुरतर्फ जाँदै गरेको अटो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका अटोचालक ४३ वर्षीय रुद्रबहादुर थापाको नेपालगञ्जमा उपचार भइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved