क्यानले भन्यो-चौतर्फी पहल हुँदा समेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएन

नेपालभ्युज

क्यानले भन्यो-चौतर्फी पहल हुँदा समेत अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको बताएको छ । बिहीबार साँझ क्यानका सचिव पारस खड्काले एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी पुरुष टि २० विश्वकप २०२४ मा सहभागिताका  लागि क्रिकेटर  लामिछानेले भिसा आवेदन दिएका थिए ।

‘…. भ्रमणको निम्ति कूटनीतिक नोट सहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसी बाट आवश्यक पहल भएको अवस्था हुँदा समेत अमेरिकी दूतावासले राष्ट्रिय खेलाडी सन्दिप लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको व्यहोरा जानकारी गराउन चाहान्छौं।’ खड्काले विज्ञप्तीमा भनेका छन् ।

नेपाली टोली विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघले लामिछानेमाथिको निलम्बन फुकुवा गर्दै नेपाली टीममा समेट्ने प्रयास गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved