खुकुरीले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

नेपालभ्युज

खुकुरीले ग्लोबल रम एम्बेसेडर इयान बरेललाई नेपाल ल्याउने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम–प्रवर्द्धनका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलो पटक सहकार्य गरेको छ ।

बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउने सर्व सम्मानित ‘EduTainer’ हुन् ।

आउँदो ३ र ४ जुन २०२४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाई खुकुरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्नेछ ।

इयान बरेलले आफ्नो मिक्सोलोजि, रम–उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानवर्धक कुराहरू मास्टरक्लास मार्फत प्रस्तुत गर्नेछन् । साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ (चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन् ।

यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतः बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो ।

सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम–उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम–पारखीहरूमाझ प्रख्यात ब्रान्ड बनेको छ ।

उपभोक्ताहरूमाझ खुकुरी रमको एउटा विश्वास ‘हरेक पल तथा हरेक कथाहरूलाई एक–अर्कामाझ साट्न प्रेरित गरी, ती रोचक पलहरूलाई अझ रोचक बनाई वर्षौँसम्म अमर राख्नु’ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved