गर्मी अत्यधिक बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द

नेपालभ्युज

गर्मी अत्यधिक बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द
सांकेतिक तस्वीर ।

दाङ । गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरपालिका नगर क्षेत्रका विद्यालय पाँच दिन बन्द हुने भएका छन् ।

केही दिनदेखि गर्मी निरन्तर बढिरहेको कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएका हुन् ।

सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जेठ १८ देखि २२ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिए ।

दाङको तापक्रम ३९ डिग्री सेल्सियसभन्दा बढी भएपछि उपमहानगरअन्तर्गत नगर शिक्षा समितिको बैठकबाट पाँच दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिए ।

देउखुरीको राप्ती गाउँपालिकाले पनि गर्मी अत्यधिक बढेपछि पालिकाभित्रका विद्यालय आज र भोलि दुई दिन बन्द हुने सूचना जारी गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved