सुर्खेतमा जीप दुर्घटना : चार जनाको मृत्यु, दुई गम्भीर घाइते

नेपालभ्युज

सुर्खेतमा जीप दुर्घटना  : चार जनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । सुर्खेतमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । कालिकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा कालीकोट शुभकालीका गाउँपालिका ३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विकको घटनास्थलमै मृत्यृ भएको प्रहरीले जनाएको छ । मृत्यु भएका अर्का एकजनाको भने सनाखत हुन सकेको छैन ।

बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved