बजेटमार्फत् आम मानिसमा आशा जगाउने प्रयत्न गरेका छौँ : अर्थमन्त्री पुन

नेपालभ्युज

बजेटमार्फत् आम मानिसमा आशा जगाउने प्रयत्न गरेका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । सरकारले बजेटमार्फत् आम मानिसमा आशा जगाउने प्रयत्न गरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बुधवार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतपश्चात् पत्रकारसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले दबाबको बाबजुद पनि सन्तुलित बजेट आएको प्रतिक्रिया आफूहरूले पाइरहेको बताए । ‘हचुवाको भरमा अथवा केही मान्छेको कुरा सुनेर हामीले बजेट बनाएका हैनौँ, सम्बन्धित सबैसँग प्रत्यक्ष अन्तरक्रिया गरेर अध्ययन एवम् विश्लेषण गरेर बजेट बनाएका हौँ’, उनले भने ‘सकारात्मक प्रतिक्रिया आइरहेको छ, हामी खुसी छौँ ।’

उनले बजेटमार्फत नेपालमै कोसिस गर्न छाडेर बिदेसिने युवाहरूमा भएको निराशा चिर्ने प्रयत्न गरेको बताए । निजी क्षेत्रलाई साथमा लिएर अघि बढे मात्र देशले विकासको गति लिन्छ भन्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

‘सरकार एक्लैले मात्र खर्च गर्न नसक्ने भएकाले हाम्रो नति र सीमाले भ्याएसम्म हामीले निजी क्षेत्रलाई साथमा लिएर हिँड्ने कोसिस गरेका छौँ ।’ सरकारले बजेटमा पाँच वटा उद्देश्य, पाँच वटा प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच वटा रूपान्तरणकारी क्षेत्र छुटाएर समेटेको छ ।

अर्थमन्त्री पुनले बजेट झोला नेपाली उत्पादन नै प्रयोग गरेको बताए । नेपालीहरूले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरुन् भन्ने उद्देश्यले आफूले बजेट झोला नेपाली उत्पादन प्रयोग गरेको उनको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved