प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति

नेपालभ्युज

प्रतिनिधि सभाले गठन गर्‍यो संसदीय छानबिन विशेष समिति

काठमाडौं । प्रतिनिधि सभाले सहकारी समस्याबारे छानबिन गर्नका लागि संसदीय छानबिन विशेष समिति गठन गरेको छ । मंगलबार साँझ बसेको प्रतिनिधि सभाले एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन गरेको हो ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिएको हो ।

उक्त समितिमा कांग्रेस र एमालेबाट दुई–दुई र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद छन् ।

छानबिन समितिलाई ३ महिनाको समय दिइएको छ । समितिले सहकारीमा देखिएको समस्या समाधान, बचतकर्ताको रकम फिर्ताको उपायसहितको सुझाव दिनेछ। समितिलाई गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी लगायतका अन्य २९ वटा संकटग्रस्त सहकारीहरूको छानबिनका लागि कार्यादेश दिइएको छ ।
यो पनि
https://www.nepalviews.com/2024/05/28/281509/


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved