अर्थमन्त्रीले ‘सहकारीको बचत फिर्ता गर्ने व्यवस्था मिलाइने छ’ भन्दा टेबल ठटाए गृहमन्त्री रविले

अर्थमन्त्रीले ‘पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाइने छ’ भनिसकेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले टेबल बजाएर स्वागत गरेका थिए । गृहमन्त्री रवि आफैँ सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्ति हुन् ।

नेपालभ्युज

अर्थमन्त्रीले ‘सहकारीको बचत फिर्ता गर्ने व्यवस्था मिलाइने छ’ भन्दा टेबल ठटाए गृहमन्त्री रविले

काठमाडौं । सरकारको बजेटबाटै सरकारी पीडितको समस्या समाधान गर्ने योजना ल्याएको छ ।

व्यक्तिको सम्पत्ति धितोको सुरक्षणमा पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाउन सहकारीले धितो राख्ने नियम ल्याउने भएको हो ।

मंगलबार संयुक्त संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘‘बचत तथा ऋण सहकारी संस्थाको नियम अनुसार नियमन गर्न नियामक स्थापना गरिने छ । बचत तथा ऋण सहकारी संस्थालाई एक आपसमा गाभिन सकिने गरिने छ ।

बचत तथा ऋण सहकारी संस्थामा देखिएका समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरका सदस्यको नाममा रहेका व्यक्तिको सम्पत्ति धितोको सुरक्षणमा रु पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाइने छ ।’’

अर्थमन्त्रीले ‘पाँच लाखसम्मको बचत रकम फिर्ता गर्नेसम्मको व्यवस्था मिलाइने छ’ भनिसकेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले टेबल बजाएर स्वागत गरेका थिए । गृहमन्त्री रवि आफैँ सहकारी ठगी प्रकरणमा जोडिएका व्यक्ति हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved