गणतन्त्र दिवसका अवसरमा ८ खेलाडीलाई राखेपको नगदसहित सम्मान

नेपालभ्युज

गणतन्त्र दिवसका अवसरमा ८ खेलाडीलाई राखेपको नगदसहित सम्मान

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गणतन्त्र दिवसका अवसरमा खेलाडी प्रोत्साहन पुरस्कार वितरण गरेको छ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार भएको कार्यक्रममा राखेपले ८ खेलाडीलाई पुरस्कार वितरण गरेको हो।

कार्यक्रममा नेपालका लागि २ रजत र ७ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

राखेपले २०७९ फागुन २४ गते भएको काठमाडौंमा सम्पन्न १६औं एसियाली क्रसकन्ट्री को महिला व्यक्तिगत तथा टीमतर्फ रजत पदक प्राप्त गरेकी राममाया बुढालाई सम्मान गरेको छ ।

क्रसकन्ट्री महिला व्यक्तिगत तथा सिनियर तर्फ महिला टिमतर्फ रजत पदक प्राप्त गरेकी राजपुरा प्रछाई पनि सम्मानित भईन्।

५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्‌र्स च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेकी सनम मुलगुठीलाई सम्मान गरिएको छ । सोही खेलमा स्वर्ण जितेकी रजनी श्रेष्ठ पनि सम्मानित भईन् ।

थाइल्यान्डको बैंककमा भएको १९औं विश्व मुवाथई च्याम्पियनसिपमा स्वर्ण पदक जितेका गुणराज रुचाल सम्मानित भएका छन् ।

बंगलादेशको ढाकामा भएको बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी सन्तोषी श्रेष्ठ सम्मानित भइन्।

माल्दिभ्सको मालेमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगन प्रतियोगितामा ७५ केजी समूहमा स्वर्ण पदक विजेता ललित धिमाललाई पनि सम्मान गरियो।

विश्व कम्ब्याट गेम्समा कीर्तिमानी स्वर्ण प्राप्त गरेका विजय सिन्जालीलाई पनि सम्मान गरिएको छ । राखेपले रजत पदक विजेतालाई ५५ हजार रुपैँया र स्वर्ण विजेतालाई ९० हजार रुपैँयासहित सम्मान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved