गणतन्त्र शासकीय पद्धति मात्र नभई आम नागरिकको जीवनशैली भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

गणतन्त्र शासकीय पद्धति मात्र नभई आम नागरिकको जीवनशैली भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार गणतन्त्रका उपलब्धीलाई आम नागरिकमा पुर्‍याउन दृढतापूर्वक लागिरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सरकार गणतन्त्रका लाभलाई नागरिक समक्ष पुरयाउन दृढ रहेको बताएका हुन् ।

उनले देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै भनेका छन् , ‘‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिन गणतन्त्र दिवसको अवसरमा म स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाइसहित शुभकामना व्यक्त गर्दछु।’’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलनहरू, जनयुद्ध, २०६२–६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका महान् शहीदहरूको स्मरण गर्दै उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै उनले गणतन्त्र प्राप्तिका लागि भएको आन्दोलनका घाइते तथा अपाङ्गहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता दिदीबहिनी दाजुभाइहरूप्रति पनि सम्मान प्रकट गरेका छन् ।

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भइसकेको भन्दै प्रचण्डले आम नागरिकमा गणतान्त्रिक जीवनशैली विकास भएकाले नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved