गृहमन्त्री विरुद्ध तरुण-विद्यार्थीको प्रदर्शन (तस्वीरहरु)

गृहमन्त्री विरुद्ध तरुण-विद्यार्थीको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सोमबार मित्रपार्कमा प्रदर्शन गरेका छन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै लामिछानेको राजीनाम माग गरि उनीहरूले प्रदर्शन गरेका हुन्।

पशुपति बहुमुखी क्याम्पस बाट सुरु भएको प्रदर्शनमा उनीहरूले मसाल जुलुसका साथै प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी ओलीको पुत्ला समेत जलाएका छन्।

प्रहरीले मसाल जुलुस नियन्त्रणमा लिन ‘फायर एक्स्टिङ्गग्युसर’ र पानीको सहायता लिएको थियो।

मसाल जुलुस नियन्त्रणमा आएसंगै प्रदर्शनकारीले कोण सभा मार्फत गृहमन्त्रीलाई तत्काल राजिनामा दिन दवाब दिए ।

attachments (3)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved