सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पौडेलसहित चार जना दोषी ठहर

नेपालभ्युज

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : विकल पौडेलसहित चार जना दोषी ठहर

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो असुल गर्नुपर्ने फैसला सुनाएको हो ।

सो प्रकरणमा दोषी ठहर हुनेहरुमा तत्कालीन सीडीई नवीनकुमार पोखरेल, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका भुवन महर्जन र इन्जिनियरिङ मार्केटिङ कन्सर्न कम्पनीका प्रबन्ध निर्देशक रोहितमान प्रधान रहेका छन् ।

उनीहरुलाई ६ महिना कैद सजायको फैसला गरिएको छ  भने अन्य पाँच जनालाई  सफाइ दिइएको छ  ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन विपरित केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिलेर सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलसहित छ जनाविरुद्ध ४० करोड ८५ लाख ७४ हजार ७४० रुपैयाँ विगोसहित मुद्दा दायर गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved