८ वर्षमा कति बढ्यो प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

२०७३ सालमा नदेखिएको १४ कट्ठाको घरजग्गा २०८१ मा पैत्रिक सम्पत्तिमा ! २५ लाख र २ तोला सुन थपियो

नेपालभ्युज

८ वर्षमा कति बढ्यो प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयअनुसार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।

सार्वजनिक विवरण अनुसार, मृत्यु भइसकेकी पत्नी सीता दाहालको नाममा भरतपुर महानगरपालिका १४ मा १४ कट्ठा जमिनमा घर र पार्किङ रहेको उल्लेख छ । त्यसको प्राप्तिको स्रोत पैत्रिक उल्लेख छ ।

उनले यसपटक पैत्रिक भनेर देखाएको घरजग्गाको सो विवरण यसअघि २०७३ सालमा प्रधानमन्त्री हुँदा भने उल्लेख नै गरेका थिएनन् ।

२०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री बन्दा सीता दाहालकै नाममा भरतपुरमै उनको १ कट्ठा जमिन रहेको विवरण सार्वजनिक भएको थियो । त्यसलाई पनि प्राप्तिको स्रोतको रुपमा पैत्रिक नै राखिएको थियो । यसपटक पनि त्यो निरन्तर नै राखिएको छ।

२०७३ सालपछि प्रधानमन्त्री प्रचण्डसँग सुन भने दुई तोला बढेको देखिएको छ । त्यतिबेला ३ तोला रहेको सुन यसपटक ५ तोला पुगेको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै उनीसँग बैंकमा २५ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ। यसअघि नगद रकमबारे केही उल्लेख थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । त्यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री भएका थिए ।

२०७३ सालको विवरण-

२०८१ सालको विवरण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved