सहरी विकासमन्त्री बुढाको सम्पत्ति : ८ वटा घर, १५० तोला सुन र २ प्राडो गाडी

नेपालभ्युज

सहरी विकासमन्त्री बुढाको सम्पत्ति : ८ वटा घर, १५० तोला सुन र २ प्राडो गाडी

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको पनि सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्पत्ति विववरण जारी गरेको हो ।

जसअनुसार बुढाको काठमाडौं र गृह जिल्ला डोल्पामा ८ वटा घर रहेको छ ।

उनको डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा पाँच रोपनी जग्गामा बनेको ३ तले र २ तलेका ४ वटा घर छ ।

साथै, श्रीमती हिमालीको नाममा काठमाडौं महानगरपालिका-६ मा १७ आनामा बनेको ७ तले एउटा घर रहेको छ । सोही वडामा ७ आनामा बनेको अर्को एउटा घर पनि छ ।

र, हिमालीकै नाममा सोही वडामा ३ तलाका २ वटा घर छ ।

उनले सुन १ सय ५० तोला, चाँदी ३ सय तोला, नगद ६० लाख र हाइलक्स प्राडो २ वटा रहेको बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved