निश्चल बस्नेत भन्छन्- ‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

नेपालभ्युज

निश्चल बस्नेत भन्छन्- ‘फर्की फर्की’मा अनमोलको अभिनय अहिलेसम्मकै उत्कृष्ट

काठमाडौं । कलाकार अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ यही जेठ १० गतेदेखि हलहरुमा लाग्दैछ ।

फिल्मको प्रिमियर हेरेपछि निर्देशक निश्चल बस्नेतले केसीको तारिफ गरेका छन् । उनले सो फिल्ममा अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् बस्नेतले भनेका छन्, ‘फर्की फर्की हेरियो । मज्जा आयो फिल्म हेरेर, रमाइलो टाइम लुप हेर्न मन भए बुकिङ खुलिसक्यो है । सुयोग गुरुङ, कडा छ डाइरेक्सन । मलाई मन पर्‍यो । नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी बबाल छ । अनमोलको अहिलेसम्मकै उत्कृष्ट अभिनय । रोहित अधिकारी बोरा छ नि पैसा राख्नलाई ?’

सूयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved