रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपालभ्युज

रेकर्ड बनाएर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य मंगलबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रूपैयाँले घटेर १ लाख ४० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ९ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved