सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री महासेठ

नेपालभ्युज

सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाललाई फिल्म छायांकन गर्ने प्रमुख देश बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री महासेठले हिमाल, पहाड र तराईको संगम भौगोलिक स्थिति मिलेको देश नेपाल भएको बताए । उनले नेपाललाई फिल्म छायांकनको हब बनाउन सरकारले पनि आवश्यक पहल गर्ने बताए । उनले सरकारले चलचित्र क्षेत्रलाई विशेष महत्त्व दिएर जान अहिलेसम्म नसकेको बताए । उनले नेपाल सुन्दरताको खानी भएको बताए । उनले सरकारले चलचित्र क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । उनले सरकारको लागि चलचित्र क्षेत्र देश चिनाउने महत्त्वपूर्ण क्षेत्र भएको बताए ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र क्षेत्रलाई साथ र सहयोगको आवश्यक रहेको बताए । उनले चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रका लागि सक्दो सहयोग गरिरहेको पनि बताए । उनले नेपाली चलचित्र क्षेत्रलाई विश्वव्यापीकरण गर्न आफूहरू लागिरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved