काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठाउने घोषणा गरेका छन् ।
फोहोर बोक्ने चार जना चालकलाई पक्राउ गरेको उल्लेख गर्दै शाहले यस्तो घोषणा गरेका हुन् । तर, चालकको विवरण भने खुलाएका छैनन् ।
उनले त्यसका लागि जुध्न पनि तयार रहेको बताए ।
‘भ्रष्टलाई समाउन सक्नुभएन , काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘जबसम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन!’
शाहले यसअघि पनि सिंहदरबारको फोहोर नउठाउने, सिंहदरबारमा आगो लगाइदिने, नेताहरूलाई जेल हाल्नुपर्ने जस्ता अभिव्यक्ति दिएका थिए ।
Facebook Comment
Comment