प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो, बिर्सिनु भयो ?

नेपालभ्युज

प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंलाई जंगलबाट राजनीतिमा कसले ल्याएको हो, बिर्सिनु भयो ?

काठामाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।

सोमवार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए ।

उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए ।

साथै, माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको लेखकको भनाइ छ ।

‘तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो । बिर्सिनु भयो । हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो ।’ लेखकले भने, तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रूपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न कांग्रेसको सहयोग र भूमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने । भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ ।’

उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved