अब को बन्ला इरानको राष्ट्रपति ?

नेपालभ्युज

अब को बन्ला इरानको राष्ट्रपति ?
उपराष्ट्रपति मोहम्मद मोख्बर

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएपछि अब कसले देशको कमाण्ड सम्हाला भनेर चासो सुरु भएको छ ।

इरानको पूर्वी अजरबैजान प्रान्तमा भएको हेलिकप्टर दुर्घटनामा रइसी र विदेशमन्त्री हुसेन अमिराब्दुल्लाहियानसहित ९ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपतिको मृत्यु भएमा कमाण्ड कसले लिने भन्नेबारे इरानको संविधानमा स्पष्ट व्यवस्था रहेको छ ।

इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाड्ने अवस्थामा निर्वाचन नभएसम्म उपराष्ट्रपति राष्ट्रपति बन्ने व्यवस्था छ ।

इब्राहिम रइसी : ‘डेथ कमिटी’को सदस्यदेखि इरानको राष्ट्रपतिसम्म

रइसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् ।

मोहम्मद मोख्बर बढीमा ५० दिन मात्रै देशको राष्ट्रपति बन्न सक्नेछन् ।

संविधानअनुसार इरानमा ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनु पर्नेछ।

तर, यो इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीको स्वीकृतिमा भर पर्छ।

रइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ ।

पछिल्लो निर्वाचनमा रइसीले खासै चुनौती सामना गर्नु परेन र ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए ।

इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए।

इरानी राष्ट्रपति रइसी सवार हेलिकप्टरको किन भइरहेको छ चर्चा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved