काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री रहने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘प्रतिनिधि सभाले निर्वाचित गरेको सरकारले पूरा कार्यकाल पूरा गर्ने छ । यही अपेक्षा र विश्वासका साथमा नेकपा एमालेको साथै सरकारमा रहेका सबै दलहरूको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु’, पौडेलले भने ।
उनले प्रधानमन्त्री प्रचण्डलाई अग्रिम रुपमा बधाई दिए । ‘तपाईंले हिजोभन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीज्यू तपाईं दह्रो कदमका साथमा अगाडि बढ्नहोला । सिंगो सदनको साथ हुने छ। राष्ट्रको साथ हुने छ । जनताले साथ दिनेछन् ।’
Facebook Comment
Comment