सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न, तीस हजारभन्दा बढी युनिट बिक्री 

नेपालभ्युज

सुजुकीको जिम्नी रारा एडभेन्चर ‘अ राईड विथ अ कज’ सम्पन्न, तीस हजारभन्दा बढी युनिट बिक्री 

काठमाडौं । सिजि नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ । जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन् भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न गरिएको कम्पनीले बताएको छ ।

२०८१ वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा समापन भएको थियो ।

बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीको ५ दशकभन्दा लामो विरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्व भरी नै जिम्नी एउटा लाइफ स्टाईल एसयूभी को रूपमा निकै लोकप्रिय भएको पनि बताए ।

९० भन्दा धेरै देशहरूमा लन्च भएको जिम्नी ३०००० भन्दा धेरै युनिट बिक्री भइसकेको पनि बताए । सो राईडमा १० वटा जिम्नी गाडीले सहभागिता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो ।


१३५ भन्दा बढी विद्यार्थी अध्ययनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष  लाला बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

राईडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै भने, ‘रारा जानु एउटा इच्छा थियो, जिम्नी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जिम्नीको क्षमता अनुभव गर्न पाए । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरू जिम्नी राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु ।’


कार्यक्रम बारे बोल्दै, सिजि मोटोकर्प तथा सिजि नेस्क्टजेनका महाप्रबन्धक सिरज पन्तले भने, ‘आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापन गरी यस्तो कार्यक्रम भविष्यमा सञ्चालन गर्नेछौ । यो पहिलो संस्करण निकै सफल भयो र हामी सहभागी सबै जिम्नी ग्राहकलाई धन्यवाद दिन चाहन्छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved